मिनाक्षीसँग अञ्जानैमा रोमान्टिक दीपक

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘अञ्जानैमा’को भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध गीतमा सत्यराज चौलागाईंको शब्द छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।

रोमान्टिक फ्लेभरको गीतमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे र मिनाक्षी महतारा फिचर्ड छन् । नितिन चन्दको सम्पादन र निर्देशन रहेको भिडियोमा सोफी सुनुवारको श्रृंगार, रुपेश थापाको छायांकन तथा निशा श्रेष्ठको ड्रेस डिजाइन छ ।