मोदीको ट्वीटर ह्याक

नयाँदिल्ली(एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइटको ट्वीटर एकाउन्ट ह्याक भएको छ । ट्वीटरले यो कुराको पुष्टि गरेको छ । ट्वीटर ह्याक भएपछि मोदीसँग जोडिएको हेण्डल ह्यासट्यागनरेन्द्रमोदीबाट उनका फलोअर्सलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सीको माध्यमबाट चन्दा दिन अपिल गरिएको थियो । बिहीबार बिहान साढे तीन बजे उनको ट्वीटर ह्याक भएको थियो ।

यसअघि जुलाईमा कैयौं चर्चित अनुहारका ट्वीटर ह्याक गरिएको थियो । सामाजिक सन्जाल ट्वीटरले आफूलाई प्रधानमन्त्री मोदीको ट्वीटर ह्याण्डल ह्याक भएको जानकारी आएको र त्यसको सुरक्षा गरिएको जनाएको छ ।

‘हामी सक्रिय रुपले यो मामलाको जाँच गरिरहेका छौं । हालको अवस्थामा अन्य ट्वीटर हेण्डलबाट प्रभावित भएको भन्ने कुनै जानकारी आएको छैन’, ट्वीटरले भनेको छ । मोदीको मोबाइल एप र उनको निजी वेबसाइटको ट्वीटर हेण्डललाई २५ लाख बढी मानिसले फलो गर्छन् ।