२६ वर्षदेखि सलमानको सुरक्षा

मुम्बई(एजेन्सी) । बलिउड स्टार सलमान खानका बडीगार्ड गुरमीत सिंह जोली उर्फ शेरा २६ वर्षदेखि सलमानको सुरक्षा गरिरहेका छन् । शेराले सामाजिक सन्जालमा सलमानसँग काम गरेको २६ वर्ष पुगेकोमा एक तस्बिर राखेका छन् ।

तस्बिरमा शेरा सलमानसँग देखिएका छन् । दुवैले एकै किसिमको क्याप लगाएका छन् । तस्बिरमा शेराले ‘मालिक सलमान खान र म पछाडि फर्किएर हेर्यौं भने हामी कतिवर्ष देखि सँगै छौं भन्ने थाहा हुन्छ । २६ वर्षदेखिको साथ सधैं रहिरहेको छ’ भन्दै लेखेका छन् ।

शेरा सलमानलाई प्रेमपूर्वक मालिक भनेर बोलाउछन् । उनको धेरै सम्मान गर्छन् । उनलाई सलमानको छायाको रुपमा हेरिन्छ । सलमानको जीवनमा आएका तमाम उतारचढावमा पनि शेराले सलमानको साथ छोडेका छैनन् । शेरालाई सलमानको परिवारको नजिकको मान्छे मानिन्छ ।