न्यूयोर्क(एजेन्सी) । शीर्ष वरियता प्राप्त टेनिस खेलाडी नोवाक जोकोविचलाई एक लाइन जजलाई बलले हिर्काएको कारण देखाउँदै यूएस ओपनका लागि अयोग्य घोषित गरिएको छ । स्पेनका पाब्लो कार्रेनो बुस्टाको हातबाट ६–५ बाट पछाडि परेपछि हताशमा रहेका उनले गोजीबाट बल निकालेर टेनिस र्याकेटको माध्यमबाट हिर्काउदा बल जजको घाँटीमा लागेको थियो । एक लामो समयको छलफलपछि प्रतियोगिताका अधिकारीहरुले नोवाकलाई अयोग्य घोषित गरेका हुन् ।
यूनाइटेड स्टेट्स टेनिस एसोसिएशनले एक विज्ञप्ती जारी गर्दै ग्राण्ड स्लाम नियम पुस्तिका अनुसार निर्णय गरिएको जनाएको छ । ‘ग्राण्ड स्लाम नियम पुस्तिकाका अनुसार उनले जानेरबुझेर कसैलाई बलले या कुनै खतरनाक किसिमले कुट्ने या कोर्टको भित्र लापरवाही तरिकाले खोल्ने या परिणामलाई गम्भीरतापूर्वक नलिने कारण यूएस ओपनका निर्णायकद्वारा २०२० यूएस ओपनबाट निकालिएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘किनकी उनलाई अयोग्य घोषित गरिएको छ । जोकोविच यूएस ओपनमा हासिल गरेको आफ्नो सबै रेङ्किङ प्वाइन्टसलाई पनि गुमाउनेछन् । साथै प्रतियोगितामा जितेको पुरस्कारको राशी जरिवानाको रुपमा दिनुपर्नेछ । यो अपमानजनक घटनाका लागि उनले जरिवाना दिनुपर्नेछ ।’
जोकोविचलार्य यूएस ओपनमा पुरुष एकल उपाधिको प्रबल दाबेदार मानिएको थियो । कोरोना भाइरसको महामारीका कारण यो प्रतियोगिता कैयौं दिशानिर्देश र नियमकाबीच खेलाइएको छ । कोरोना कालमा खेलाइएको यो पहिलो ग्राण्ड स्लाम हो । जोकोविच आफ्नो १८ औं ग्राण्ड स्लामका लागि खेलिरहेका थिए । उनको ध्याउन्न आफ्ना प्रतिद्वन्द्वी रफाल नाडाल र रोजर फेडररको नजिक पुग्ने थियो । यी दुईसँग हालसम्मकै बढी ग्राण्ड स्लाम उपाधि छ । खेल सकुन्जेलसम्म जोकोविचले राम्रो खेलिरहेका थिए ।
यही प्रतियोगितामा यो भन्दा अघि पनि एकपटक उनले आफ्नो रिस देखाएका थिए । ग्रेट ब्रिटेनका डेविस कप क्याप्टेन लियोन स्मिथले त्यो घटनाका विषयमा कुनै चेतावनी नदिएको देख्दा आफू आश्चर्यमा परेको बताए । पहिलोपटक नोवाकलाई कुनै चेतावनी नदिएको कारण अहिले समस्या आएको बताए ।
यो घटनापछि जोकोविचले लामो समयसम्म आफ्नो मामलालाई लिएर प्रतियोगिताका रेफ्री सोरेन फ्रेन्मेल र ग्राण्ड स्लामका पर्यवेक्षकलाई निवेदन दिएका थिए । तर अन्त्यमा उनले अधिकारीहरुकै निर्णयलाई स्वीकार्नु पर्यो । जानेबेलामा उनले बुस्टासँग हात त मिलाए, तर बुस्टा केही तनावमा थिए । उनी बिना कुनै पत्रकार सम्मेलन कोर्ट बाहिर गए । उनी प्रतियोगिताबाट बाहिरीनुको अर्थ कोही नयाँ पुरुष ग्राण्ड स्लामको विजेता बन्नु हो । यसअघि सन् २०१४ मा मारिन सिलिकले न्यूयोर्कमा जित हासिल गरेका थिए ।