काठमाडौं । कलाकर्मी रमेश श्रेष्ठले खाना डेलिभरी सेवा शुरु गरेका छन् । लामो समयदेखि सामाखुशीमा संगीत र नृत्य सम्बन्धी प्रशिक्षण दिँदै आएको निर्भाना कला केन्द्रको अध्यक्ष रहेका रमेशले राजधानीको गोंगबु चोकमा निकोलस हस्पिटालिटी सर्भिसेजमार्पmत यो सेवा शुरु गरेका हुन् । ट्राभल एण्ड टुर्स र वैदेशिक रोजगार व्यवसायी यमबहादुर बुढाथोकीले ४ वर्ष देखि होटल तालिम प्रदान गर्ने संस्थाका रुपमा सञ्चालन गर्दै आएको निकोलस हस्पिटालिटी सर्भिसेजमार्पmत उनले यो सेवा शुरु गरेका हुन् ।
वेटर, बार टेन्डर, बारिष्टा, कुक, हेल्पर, लन्ड्री, क्लिनर, हाउस किपिङ, फ्रन्टडेक्स, क्यासियरजस्ता होटल सम्बन्धी सम्पूर्ण तालिम दिइने निकोलस हस्पिटालिटी सर्भिसेजले रमेश र आईटी इञ्जिनियर सुर्य श्रेष्ठसमेत साझेदार भएपछि पछिल्लो समय रेष्टुरेन्ट सेवासमेत शुरु गरेको छ । कोरोना संक्रमण वृद्धि भएसँगै सरकारले लगाएको लकडाउनपश्चात निकोलसले हाललाई टेक वे र होम डेलिभरी सुविधामात्र दिँदै आएको छ । रमेशले लकडाउन र निषेधाज्ञाले असहज बनेको जनजीवनलाई सामान्य बनाउन सहयोग गर्न टेक वे र होम डेलिभरी सेवा उपलब्ध गराएको बताए ।
उनकाअनुसार काठमाडौं उपत्यकाभरी निःशुल्क रुपमा होम डेलिभरीको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखी जनस्वास्थ्य मापदण्डअनुसार टेक वे र होम डेलिभरी सुविधा उपलब्ध गराइएको उनले बताए । हाललाई टेक वे र होम डेलिभरी सेवामा नेवारी, नेपाली, चाइनिज, कन्टीनेन्टल, इटालियन र इण्डियन परिकार उपलब्ध छ ।
निकोलसमा यमबहादुर बुढाथोकी अध्यक्ष, बलभद्र ढकाल प्रवन्ध निर्देशक, कलाकर्मी रमेश श्रेष्ठ एक्जुकेटिभ सेफ र निर्देशक तथा सुर्य श्रेष्ठ निर्देशक रहेका छन् । रमेशले जापानी दुतावास अगाडि अर्को रेष्टुरेन्ट सञ्चालनमा ल्याउनेसमेत जानकारी गराए । कलाकर्मी रमेश श्रेष्ठले ७० भन्दा बढी म्युजिक भिडियो निर्माण र निर्देशन गरेका छन् भने करिब २ दर्जन म्युजिक भिडियो र ५० जति विज्ञापनमा अभिनय तथा मोडलिङ गरेका छन् ।