तेलुगु अभिनेता जयाप्रकाशको निधन

मुम्बई(एजेन्सी) । तेलुगु फिल्मका प्रख्यात अभिनेता जयाप्रकाश रेड्डीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी ७४ वर्षका थिए । उनको निधन आन्द्र प्रदेशको गुंटुरमा रहेको घरमा भएको थियो । कैयौं लोकप्रिय कलाकार, राजनेता र फ्यानले ट्वीटरमा उनीप्रति समवेदना व्यक्त गरेका छन् ।

कैयौं फिल्ममा जयाप्रकाशसँग काम गरिसकेकी अभिनेत्री रकुल प्रीत सिंहले सामाजिक सन्जालमा ‘यो निकै दुःखको कुरा हो । उनका साथ कैयौं फिल्ममा काम गरेको थिएँ । अनुहारमा चिसो पसिनाका साथ परिवार प्रति समवेदना । रिप जयप्रकाश रेड्डी गारु’ भन्दै ट्वीट गरेकी छन् ।

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता जूनियर एनटीआरले पनि ट्वीटरमा समवेदना व्यक्त गरेका छन् । जयाप्रकाशले ‘नुव्वोस्तानंते नेनोद्दंतना’, ‘जुलायी’, ‘रेडी’, ‘किक’, ‘जयम मनडेरा’, ‘जांबा लक्की पम्बा’, ‘अवनु वल्लिदारु इस्तगाडारु’, ‘कबड्डी कबड्डी’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

उनले पछिल्लोपटक महेश बाबूको फिल्म ‘सरयारू नीकेवरु’मा देखिएका थिए । यो फिल्म यसै वर्षको जनवरीमा रिलिज भएको थियो ।