महेश बने आचलको लज्जावती झार

काठमाडौं । ‘नाँच फिरीरी’, ‘माया बिरानी’लगायतका गीतका गायक महेश काफ्लेको स्वरमा रहेको नयाँ गीत ‘लज्जावती झार’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा महेशकै शब्द तथा संगीत छ ।

गीतमा उनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतमा रिकेश गुरुङको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।

गीतको भिडियोमा गायक महेश, अभिनेत्री आचल शर्मा र असिम शाह फिचर्ड छन् । आसिफ शाहको निर्देशन रहेको भिडियोमा सुबल थापाको कोरियोग्राफी, हरी हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । भिडियो जी २१ डिजिटलबाट सार्वजनिक गरिएको छ ।