गीतमा बाँच्दै गौरव र आशा

काठमाडौं । ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द र संगीत रहेको नयाँ गीत ‘बाँचेको छु धन्न’ को भिडियो सार्वजनिक भएको छ । गीतमा समिक्षा अधिकारी र विक्रम परियारको स्वर छ ।

भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्का फिचर्ड छन् । देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ । भिडियोमा प्रेमिकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई देखाइएको छ ।

भिडियोका छायाकार अनिलकृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् ।