काठमाडौं । प्राज्ञ तथा अग्रज गीतकार उन्नति बोहोरा शिलालाई मातृशोक परेको छ । गीतकार शिलाकी आमा पुष्पावती बुढामगरको मंगलबार बिहान ८७ वर्षको निधन भएको हो । बुढामगर केही समय यताबाट महुमेह र उच्च रक्तचापबाट पीडित थिईन् ।
उनको लतिलपुरको बागडोलस्थित आफ्नै निवासमा निधन भएको हो । दिवंगत बुढामगरका उन्नतिसहित ३ छोरी र २ छोरा छन् । बुढामगरको मंगलबार दिउसो आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
गीतकार बोहरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का ट्रस्टी एवं अनेसास नेपालका सल्लाहकार तथा शंकर लामिछाने प्रतिष्ठानका उपाध्यक्ष, महिला गीतकार संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक वरिष्ठ गीतकार तथा प्राज्ञ हुन् ।