इन्स्टा पोस्टमा शाहरुखको पारिश्रमिक कति ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानको स्टारडम फिल्म र इन्डोर्समेन्ट भन्दा टाढा छ किनकी उनी आफै एक ब्राण्ड बनिसकेका छन् । शाहरुखको लोकप्रियता उनको इन्स्टाग्राम प्रोफाइलमा प्रस्टै देखिन्छ । सारा विश्वमा उनको फ्यानको संख्या कति छ भन्ने सामाजिक सन्जालमा फ्यान फलोइङको संख्यालाई हेरे पुग्छ ।

शाहरुखको फिल्म भारतमा मात्र होइन, अमेरिका र बेलायतको बक्सअफिसमा पनि सानदार कलेक्सन गर्छ । शाहरुखले फिल्मबाट मात्र मोटो रकम कमाई गर्दैनन् । उनीसँग एक प्रोडक्सन हाउस छ, जसमार्फत उनी आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक पोस्टका लागि निकै महंगो रकम लिन्छन् ।

शाहरुखको इन्स्टाग्राम प्रोफाइल उनको निजी जीवन, फिल्म र उनको यात्राका बारेमा धेरै कुरा बताउछ । इन्स्टाग्राममा शाहरुख खानको २२ दशमलब ४ मिलियन फ्यान फलोइङ छन् । जसकारण उनी कैयौं ठूला ब्राण्डका लागि राम्रो प्लेटफर्म बनेका छन् । यो लिष्टमा ‘बिग बास्केट’ जस्ता कैयौं नाम छन् । शाहरुख एक इन्स्टाग्राम पोस्टका लागि ८० लाख देखि १ करोड रुपैंयाँ पारिश्रमिक लिन्छन् ।