लियोनार्दोकी पूर्व प्रेमिकालाई अनौठो सजाय

जेरुसेलम(एजेन्सी) । इजरायलकी टप मोडल बार रेफेलीलाई कर छलीको आरोपमा अदालतले अनौठो सजाय सुनाएको छ । हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोसँग लामो समय डेट गरेकी रेफेलीलाई अदालतले ९ महिनासम्म सामुदायिक सेवा गर्न आदेश दिएको हो । यही मुद्दामा उनकी आमालाई १६ महिनाको जेल सजाय सुनाइएको छ ।

३५ वर्षीया रेफेली र उनकी आमामाथि १० मिलियन डलरको आयमा कर छलेको आरोप लागेको थियो । अदालतमा यो विषयमा लामो समयदेखि सुनुवाई चलिरहेको थियो । जसमा जुलाई महिनामा रेफेली र उनकी आमालाई दोषी ठहराइएको थियो । कोर्टले एक महिनापछि अर्थात सेप्टेम्बरमा उनीहरुलाई सजाय सुनाएको थियो ।सजाय सुनाइरहँदा तेल अवीव होर्ट हाउसमा रेफेलीसँग उनकी आमा जिपी र पिता रफी पनि उपस्थित थिए । अदालतले जिपीलाई आगामी हप्ता जेल पठाउन आदेश दिएको छ ।

इजरायलको कानून अनुसार यदी कोही एक क्यालेन्डर वर्षमा एक निश्चित दिन इजरायलमा बबस्दैन भने उसले आफ्नो आयलाई उल्लेख गर्न आवश्यक हुँदैन । यहीकारण राफेलीले आफू प्राय विदेशमा बस्ने गरेको बताउदै आएकी छन् । त्यही कारण आयको घोषणा गर्न आवश्यक नरहने उनको दाबी छ । तर सरकारी पक्षले उनको दाबीलाई खारेज गर्दै गलत जानकारी दिएको आरोप लगाएका छन् । कोर्टमा पेश गरिएको प्रमाणमा पनि यसलाई सही मानिएको छ ।

अदालतले सामुदायिक सेवाको सजाजका अलावा राफेलीलाई १ दशमलब ५ मिलियन डलरको जरिवानाको पनि आदेश दिएको छ । यो सजाय पछि राफेलीको प्रतिष्ठानमा ठूलो असर परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । किनकी उनलाई विदेशमा इजरायलको अवैतानिक राजदुत मानिन्थ्यो । टेलिभिजनमा चिनिएको अनुहारका कारण विज्ञापनको दुनियाँमा पनि उनको दबदबा थियो । इजरायलको सडकमा उनको विज्ञापनको साइनबोर्ड हेर्न पाइन्छ ।