मर्ने बाच्नेकोमा दशैं पीडा

काठमाडौं । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ गीतहरु बजारमा आउन थालिसकेका छन् । यही क्रममा गायक खुमन अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस्ले निर्माण गरेको भिडियोमा विमल अधिकारी, दिव्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, विष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ । भिडियोमा विदेशमा रहेका युवा दशैंमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःखलाई देखाउन खोजिएको छ ।

गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । गीतमा विष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत र हेमन्त शिशिरको एरेन्ज छ ।