कंगनाको समर्थनमा मणिकर्णिका साडी

मुम्बई(एजेन्सी) । महाराष्ट्र सरकार र शिवसेनाका साथ चलिरहेको बलिउड अभिनेत्री कंगना रनावतको विवाद हालका दिनमा निकै चर्चाको विषय बनेको छ । जुन विवाद पछि बीएमसीले हालै मात्र अभिनेत्रीको मुम्बईस्थित कार्यालय तोडफोड गरेको छ । अहिले भने अभिनेत्रीलाई देशभरका मानिसहरुको समर्थन मिलिरहेको छ । विशेष गरी कपडा व्यापारीले उनलाई अलग किसिमले समर्थन गरेका छन् ।

सूरत कपडाको शहरका रुपमा चिनिन्छ । यहीकारण यहाँका व्यापारीहरुले कंगनाको समर्थनमा ‘मणिकर्णिका’ प्रिन्टवाला साडीलाई बजारमा ल्याएका छन् । आलिया फेब्रिक्स प्रिमियमका छोटुभाई र रजत डावरले महाराष्ट्र सरकार जुन किसिमले एक महिलाका विरुद्ध लडिरहँदा त्यो सरकारको गलत काम भएको बताए ।

उनको अनुपस्थितिमा उनको सम्पत्तिमाथि सरकारी बर्बरता भयो । उनलाई मुम्बईमा पाइला नराख्न धम्की दिइएको थियो । जुन आफैंमा एक अन्य हो । तर कंगनाले प्रशासनविरुद्ध लडिरहेको साहसको समर्थन गर्छौ । त्यसपछि कंगनाको समर्थन कसरी गर्ने भनेर सल्लाह भइरहँदा आम मानिसको भावनासम्म पुग्ने हिसाबले हामीले यो साडीको सोच बनायौं’, उनीहरुले भनेका छन् ।

छोटूभाईका अनुसार ग्राहकले साडीको उत्पादनको सराहना गरिरहेका छन् । कोरोना कालमा व्यापार अनलाइनमाध्यममा गइसकेको अवस्थामा आफूहरुले सामाजिक सञ्जालको माध्यमबाट ग्राहकबाट अर्डर लिन शुरु गरेको उनले बताए । यो अर्डरबाट नै कंगना प्रति महिलाको समर्थन कस्तो छ भन्ने प्रष्ट देखिने उनले खुलाए ।
त्यसो त यसअघि सन् २०१४ को चुनाव ताका नरेन्द्र मोदी, फिल्म ‘बाहुबली’ र काँग्रेस नेतृ प्रियंका गान्धीको पनि साडी प्रिन्ट बजारमा आइसकेको छ ।