थाइल्याण्डमा बाँदरलाई कठोर सजाय

बैंकक(एजेन्सी) । थाइल्याण्डमा बाँदरले आतंक मच्चाउन थालेपछि सरकारले बादरका विरुद्ध कठोर निर्णय लिएको छ । सरकारको आदेशपछि वाइल्ड लाइफ विभागले सयौं बादरको गोप्य भाग काट्दै जनसंख्या नियन्त्रणमा कडा कदम चलेको हो । कोरोना भाइरसका कारण लकडाउन लागु गरिएपछि ती बादर सोन्गखला सहरमा पसेर आतंक मच्चाएको थियो ।

समाचार अनुसार विभागका कर्मचारीहरुले करिब २ सय बादरलाई बेहोस बनाएर खोरभित्र राखी गोप्य अंग काटेका हुन् । गोप्य अंग काटेपछि उक्त बादरलाई चिन्नका लागि कर्मचारीहरुले एउटा चिन्ह पनि राखिदिएका छन् । थंग टेल वाइल्ड लाइफ कन्जरभेसन अफिसर सुवात सुकसिरीले बाँदरलाई रोक्न आवश्यक भएकाले यस्तो कदम चालिएको बताए ।

मानिसहरुले बाँदरलाई जंक फुड दिने गरेका थिए । तर ती खानेकुरामा चिनीको मात्रा बढी भएपछि उनीहरुको प्रजनन क्षमतामा वृद्धि भयो । जसकारण मानिसहरुलाई नयाँ समस्या उत्पन्न भयो । गत मार्चमा सयौं बाँदर खानेकुराको आउटलेट अगाडि भेला हुन्थे । जसको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।