गीतमा बद्रीको विदेश पीडा

काठमाडौं । लोकगायक बद्री पंगेनीको स्वरमा रहेको ‘बाटो हेरी नरोउ है आमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपिका म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी पीडालाई समेटिएको छ ।

क्रान्ति केसीको सम्पादन तथा निर्देशन रहेको भिडियोमा बद्रीसँगै सुलोचना भँडेल र मनिषा लोकन्द्रीलगायतको अभिनय छ । भिडियोमा निराजन केसीको सह–निर्देशन र अजय रेग्मीको छायांकन छ । गीतमा दीपक कँडेलको शब्द तथा गणेश अधिकारीको संगीत छ ।