मुम्बई(एजेन्सी) । आफ्नो बोल्ड तस्बिर र भिडियोका कारण चर्चामा आइरहने अभिनेत्री तथा मोडल पुनम पाण्डे हालका दिनमा आफ्नो विवाहको कारण चर्चामा छिन् । सेम बम्बेसँग १४ दिन अघि विवाह गरेकी पुनम अहिले तिनै पतिविरुद्ध उत्रिएकी छन् । उनले हनिमुनको मनाउन गोवा गएको बेला आफूलाई सेमले कुटपिट र यौन उत्पीडन गरेको आरोप लगाइदै उजुरी दर्ता गराइन् ।
उजुरी लगत्तै प्रहरीले सेमलाई पक्राउ गर्यो र भोलिपल्ट जमानतमा रिहा गरिदियो । तर अब पुनमले पतिसँगको सम्बन्धलाई तोड्न चाहेकी छन् । उनले आफूले पतिसँगको सम्बन्धलाई बचाउन धेरै कोशिस गरे पनि सेमको व्यवहारले त्यो हुन नसकेको बताइन् ।
‘उसले मेरो घाँटी थिच्यो । मलाई म मर्न आट्दैछु भन्ने भान भयो । उसले मेरो अनुहारमा पनि हिर्कायो । मेरो कपाल तान्यो र मेरो टाउको खाटको कुनामा ठोक्काइदियो । मलाई खाटमा तल झार्यो र कुट्न थाल्यो । मैले जसोतसो आफ्नो ज्यान बचाए र कोठाबाट भागें । यसपछि होटलको स्टाफले प्रहरीलाई बोलायो र सेमलाई लिएर गयो । मैले उसको विरुद्ध उजुरी दर्ता गरें’, उनले भनेकी छन् ।
पुनमले तीन वर्षदेखिको सेमसँगको सम्बन्धमा आफू कैयौंपटक अस्पताल गएको खुलासा गरेकी छन् । ‘यसपटक म उसँग फेरी जान्नँ । यस्तो समयमा सेमसँग जानु सही निर्णय हो जस्तो मलाई लाग्दैन । जसले तपाईंलाई जनावरको जस्तै कुट्छ’, पुनमले भनेकी छन् । पुनम र सेमले गत सेप्टेम्बर १० विवाह गरेका थिए । दुवैको तस्बिर सामाजिक सन्जालमा निकै भाइरल भएको थियो ।