नबोली नबोली सुधीर र गरिमाको प्रेम

काठमाडौं । गायक प्रविण बेडवाल र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘नबोली नबोली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र संगीत संयोजन छ ।

भिडियोमा एक मुखियाको घरमा काम गर्ने केटा र मुखियाको छोरीसँगबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । जबकी उनीहरुको प्रेम सम्बन्धबारे मुखियालाई थाहा हुँदैन । भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको रोमान्स हेर्न सकिन्छ ।

भिडियोमा सुधीर र गरिमासहित वसन्त अधिकारी, माधव शर्मा, शिशिर श्रेष्ठ, अनामिका बाह्रकोटीको अभिनय छ । विधान कार्की निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर छ ।

भिडियोका कार्यकारी निर्माता रायन रेज हो । भिडियो द डिभाइन म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।