सोनमलाई पोलीसिस्टिक ओवरी सिन्ड्रोम

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सोनम कपूर लागु औषधको मामलामा एनसीबीको निशानामा छिन् । यही बीचमा उनले आफ्नो एक रोगको बारेमा बताएकी छन् । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै रोगको बारेमा जानकारी दिँदै त्यसका लागि केही टिप्स पनि दिएकी छन् ।

सोनमका अनुसार उनलाई पोलीसिस्टिक ओवरी सिन्ड्रोम भएको छ । विगत केही वर्षदेखि यो रोग लागे पनि आफू गम्भीर बिरामी नभएको बताएकी छन् । सोनमले एक नयाँ किसिमको इन्स्टाग्राम सिरिज शुरु गरेकी छन् । यो सिरिजलाई उनले स्टोरीटाइम विद सोनम’ नाम दिएकी छन् ।

यही सिरिजको पहिलो संस्करणमै उनले आफ्नो रोग र यसबाट छुट्कारा पाउने उपाय बताएकी हुन् । ‘कैयौं वर्षदेखि म यो रोगबाट पीडित छु । जब म १४–१५ वर्षको थिएँ । यहीकारण मेरो अस्तित्वको प्रतिबन्ध रह्यो । म आफ्नो सहयोगका लागि कैयौं डाक्टर तथा आहार विशेषज्ञकोमा पुगें । तर पनि म गम्भीर बिरामी छैन ।’ उनले भनेकी छन् ।

सोनमले दैनिक रुपमा शारीरिक अभ्यास र योगा गर्नाले आफू स्वस्थ महशुस गरेको बताइन् । उनले यो रोग लागेका बिरामीले चिनी खान छोड्नुपर्ने सुझाव दिइन् ।