करिश्मालाई शंकरको आइ लभ यु

काठमाडौं । गायक जेबी ओली र गायिका मेलिना राईको नयाँ गीत ‘काली आई लभ यु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जेबीकै शब्द र संगीत रहेको छ । गायक ओली बेल्जियममा बसोबासरत छन् ।

भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी र करिश्मा ढकाल फिचर्ड छन् । भिडियोमा शंकरकै निर्देशन, दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन छ ।