खुशीपछि सम्बन्धहरुमा विजय कुमार

काठमाडौं । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति सम्बन्धहरू बिहीबार सार्वजनिक गरिएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो ।

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञा जस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए ।

जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । मदन पुरस्कारप्राप्त लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।