फेसन ब्राण्ड केञ्जोका संस्थापकको निधन

टोकियो(एजेन्सी) । केञ्जो फेसन ब्राण्डका जापानी संस्थापक केञ्जो ताकाडाको कोरोना संक्रमणका कारण निधन भएको छ । ब्राण्डका प्रवक्ताले केञ्जोको पेरिस स्थित अमेरिकन अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको हो ।

रंगपूर्ण ग्राफिक र पुष्प चित्रका लागि प्रख्यात उनी पेरिस फेसनमा पुग्ने पहिलो जापानी डिजाइनर थिए । सन् १९६० को दशकमा फ्रान्समा सेटल भएका उनले बाँकी करियर त्यही बिताएका थिए । उनका प्रवक्ताका अनुसार आफ्नो करियरमा झन्डै आठ हजार डिजाइन गरेका केञ्जोले फेसन र आर्ट अफ लिभिङमा रमाउन कहिल्यै छाडेनन् ।

पेरिसका मेयर एनी हिडाल्गोले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्वीटरमा ‘अपार प्रतिभाका डिजाइनर, उनले फेसनमा रंग र प्रकाश दिए । पेरिस अहिले उसको एउटा सन्तानको निधनको शोकमा छ’ भन्दै ट्वीट गरेकी छन् ।

ओशाका नजिक सन् १९३९ मा जन्मिएका केञ्जो पानीजहाजमार्फत सन् १९६५ मा फ्रान्स आएका थिए र उनी पेरिसमै बस्न थाले । उनले सन् १९७० पछि आफ्नो नाम केञ्जोबाट अन्तर्राष्ट्रिय रुपमा चिनिन थाले । उलने सन् १९८३ मा पुरुषका लागि केञ्जो जिन्स र केञ्जो जंगलको शुरुवात गर्दै विश्वव्यापी चिनिए । सन् १९९३ मा उनले आफ्नो ब्राण्ड एलभीएमएचलाई बेचेपछि ६ वर्ष अघि अवकाश लिएका थिए ।