जसले विवाहपछि फिल्ममा पाइला चाले

मुम्बई(एजेन्सी) । बलिउडमा यस्ता धेरै कलाकार छन्, जसले फिल्ममा राम्रो नाम कमाउदै फिल्म उद्योगमा आफ्नो स्थान बनाएर विवाह गरेका छन् । यो सूचीमा धेरै कलाकार पर्छन् । तर बलिउडमै यस्ता कलाकार पनि छन्, जसले विवाह पछि फिल्ममा पाइला चालेर आफ्नो भाग्य चम्काए ।

अभिनेता शाहरुख खानलाई बलिउडको किंग भनिन्छ । फिल्म उद्योगमा शाहरुखको संघर्ष कोहीबाट पनि लुकेको छैन । उनले बलिउडमा पाइला चाल्नु अघि गौरी खानसँग विवाह गरेका थिए । यो जोडीको प्रेमकथाका धेरै किस्सा धेरैका लागि रोमाञ्चकपूर्ण छ । बलिउडकी सुन्दरी अभिनेत्रीमा चित्रांगदा सिंह पनि पर्छिन् । उनले फिल्म ‘हजारों ख्वाहिशें ऐसी’ बाट बलिउडमा पाइला चालेकी हुन् । यो फिल्म सन् २००५ मा रिलिज भएको थियो । फिल्ममा आउनु अघि उनले सन् २००१ मा भारतीय गल्फर ज्योति रंधवासँग विवाह गरेकी थिइन् । यद्यपि यो जोडीको हाल सम्बन्धविच्छेद भइसकेको छ ।

अभिनेता सोनु सुद पनि बलिउडमा पाइला चाल्नु अघि विवाह गरेका अभिनेता हुन् । उनले सन् १९९६ मा प्रेमिका सोनाली सूदसँग विवाह गरेका थिए । सोनूले अभिनयको सुरुवात सन् १९९९ मा दक्षिण भारतीय फिल्मबाट गरेका थिए ।अभिनेत्री मल्लिका शेरावतको हाल सम्बन्धविच्छेद भइसकेको छ । तर फिल्ममा आउनु अघि सन् १९९७ मा करण सिंह गलसँग उनले विवाह गरेकी थिइन् । उनले सन् २००३ मा बलिउडमा डेब्यू गरेकी हुन् ।

अभिनेता आयुष्मान खुराना अहिले बलिउडका हटकेक हुन् । उनले सन् २०१२ बाट बलिउडमा पाइला चालेका थिए । तर उनले प्रेमिका ताहिरा कश्यपसँग सन् २००८ मा विवाह गरेका थिए । उनीहरुको दुई सन्तान छन् । अभिनेता अर्जुन रामपालले सन् १९९८ मा सुपरमोडल मेहर जेसियासँग विवाह गरेका थिए । जबकी अर्जुनले सन् २००१ मा फिल्म ‘प्यार इश्क और मोहब्बत’बाट बलिउडमा पाइला चालेका थिए । अभिनेता सुनिल सेठ्ठीले माना सेठ्ठीसँग सन् १९९१ मा विवाह गरेका थिए । एक वर्ष पछि उनले फिल्म ‘बलवान’बाट बलिउडमा पाइला चाले ।

अभिनेता आर माधवनले अभिनयको दुनियाँमा विवाह अघि नै पाइला चालेका थिए । तर विवाह पछि भने उनको यात्रा बलिउडतिर मोडियो । उनले सन् १९९९ मा सरिता बिरजेसँग विवाह गरे र सन् २००१ मा फिल्म ‘रहना हे तेरे दिल मे’बाट बलिउडमा आए । बलिउडमा पाइला चाल्नु अघि सनी लियोनी एक पोर्नस्टार थिइन् । उनी विवाहित पनि थिइन् । सनीले सन् २०११ मा पोर्न स्टार अभिनेता डेनियल बेबरसँग विवाह गरेकी थिइन् । त्यसको एक वर्षपछि उनी फिल्म ‘जिष्म २’ बाट बलिउडमा पाइला चालिन् ।