उमेर १७, खुट्टाको लम्बाई ६ फिट १० इञ्च

टेक्सस(एजेन्सी) । अमेरिकाकी एक १७ वर्षीया युवतीको खुट्टा विश्वकै सबैभन्दा लामो खुट्टाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । टेक्ससमा बस्ने मैका क्यूरिन नामकी युवतीको खुट्टाको लम्बाई करिब डेढ मिटर छ । उनको नाम किशोरावस्थामा सबैभन्दा लामो खुट्टा हुने व्यक्तिको रुपमा दर्ता भएको हो । उनको लम्बाई ६ फिट १० इन्च छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक वेबसाइट अनुसार उनको बाँया खुट्टा १ सय ३५ दशमलब २ सय ६७ सेन्टीमिटर अर्थात् ५३ दशमलब २ सय ५५ इञ्च लामो छ । जबकी उनको दायाँ खुट्टा १ सय ३४ दशमलब ३ सेन्टीमिटर अर्थात् ५२ दशमलब ८ सय ७४ इञ्च छ । वेबसाइटका अनुसार उनको खुट्टा उनको उचाईको ६० प्रतिशत छ । उनको परिवारको सबै सदस्यको लम्बाई औषत नै छ ।

क्यूरिनले रुसकी एकातेरिना लिसिनाको रेकर्डलाई तोडेकी थिइन् । सन् २०१७ मा लिसिनाले ६ फीट ८ दशमलब ७७ इञ्चको उचाईका साथ विश्वकै सबैभन्दा अग्लो व्यावसायिक मोडलको नाम लेखाएकी थिइन् । उनको खुट्टाको बाँयाको लम्बाई १ सय ३२ दशमलब ८ सेन्टिमिटर र दाया खुट्टाको लम्बाई १ सय ३२ दशमलब २ सेमी थियो ।