सस्पेन्सपूर्ण तिम्रो ल्याङ ल्याङ २ ट्रेलर

काठमाडौं । पहिलो सिजनको सफलता पछि वेब सिरिज ‘तिम्रो ल्याङ ल्याङ’को सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युवापुस्तालाई लक्षित गरेर बनाईएको सिरिजको ट्रेलरमा हाँसो, रोदन, प्रेम, विछोडआदि देख्न सकिन्छ । यहि कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुनेछ । सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिजमा प्रत्येक सोमबार राती ८.३० बजे प्रशारण हुनेछ ।

निर्देशक मानन्धरले पहिलो सिजनमा सिरिजका कलाकारहरुले कमेडी ड्रामा लिएर दर्शकहरुलाई हसाए पनि दोश्रो सिजनमा भने समसामयिक विषयलाई समेटेर सामाजिक कथावस्तु देखाइने बताए । ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा नै गरिएको हो । सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि रहेका छन् ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजमा निस बज्राचार्यको छायांकन छ । त्यस्तै ड्रोनमा गौरव कंसाकार, मार्केटिंग एजेन्सीमा मलीन मिडिया एण्ड इभेन्ट, लाईट्समा सुमन श्रेष्ठ, मेकअपमा शृति श्रेष्ठ, साउण्डमा रिकेश सायमी, ग्राफिकमा विवेक खत्री, प्रोडक्सन म्यानेजरमा बिपिन श्रेष्ठ रहेको सिरिजको शिर्ष गीतको शब्द भने कर्ण श्रेष्ठ तथा संगीत अलमोडा राना उप्रेतीको रहेको छ । सिरिजको सम्पादन भने निदेशक स्वयम्ले गरेका हुन् ।