राम चरण र एनटीआरसँग आलियाको द्वन्द्व

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टका लागि आगामी दिन व्यस्ततापूर्ण रहनेछ । उनको कैयौं फिल्म पाइपलाइनमा छन् र केहीको सुटिङ भइरहेको छ । हालका दिनमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङमा व्यस्त छिन् । उनी आगामी हप्तादेखि एसएस राजामौलीको मल्टी स्टारर फिल्म ‘आरआरआर’को सुटिङ शुरु गर्दैछिन् ।

आलिया आगामी साता हैदराबाद जाँदैछिन् । त्यहाँ फिल्मका बाँकी सदस्यको समूह उनी जोडिनेछिन् । उनको सुटिङ राम चरण र जुनियर एनटीआरसँग हुनेछ । उनीहरुको दृश्य द्वन्द्वको हुनेछ । गत मार्चमा कोरोनाका कारण लकडाउन हुनुभन्दा अघिसम्म आलियाको एक मात्र दृश्य सुट हुन बाँकी थियो । त्यहीकारण नोभेम्बरको पहिलो हप्तामा उनी राम चरण र जुनियर एनटीआरसँग आमनसामने हुँदैछिन् ।

समाचार अनुसार यो दृश्य पुणेको एक भवनमा छायांकन गर्नुपर्ने थियो, तर महामारीको असर कम हुँदै गएपछि सुटिङको योजनामा फेरबदल भएको छ । दृश्यमा सीताराम र आलियाको सामना भीमको भूमिका निभाउने व्यक्तिसँग हुनेछ ।