युट्युबमा अनमोल केसीको क्याप्टेन

काठमाडौ । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ युट्युबमा सार्वजनिक भएको छ । दिवाकर भट्टराई निर्देशिक फिल्म ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुपरकाजल फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गरेका हुन् भने फिल्मको कार्यकारी निर्माता जिया केसी हुन् । अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।