जसले बिचैमा पढाई छाडे

मुम्बई(एजेन्सी) । बलिउड फिल्ममा कहिले होनहार डाक्टर त कहिले राम्रो इन्जिनियरको भूमिकामा अभिनय गर्ने कलाकारले अभिनयमा त उत्कृष्टता हासिल गरेका छन् । तर यीमध्ये केही कलाकार भने पढाईका मामलामा निकै कमजोर छन् ।

हिमाञ्चल प्रदेशकी अभिनेत्री कंगना रनावतलाई पहिल्यैदेखि पढाईमा कम रुची थियो । उनी जहिल्यै मोडलिङमा आफ्नो करियर बनाउन चाहिन्थइन् । तर परिवारले उनको योजनामा समर्थन गर्न सकेन । जब उनी १२ कक्षामा क्यामेष्ट्रीको परिक्षामा उनी फेल भइन्, त्यसपछि उनले पढाई छोड्ने मन बनाइन् । पढाई छाडेपछि उनी भागेर मोडलिङ सिक्न नयाँदिल्ली गइन् ।

नब्बे दशकको लोकप्रिय अभिनेत्री रहेकी अभिनेत्री करिश्मा कपूरले केथेड्रल एण्ड जोन केनन स्कूलमा पढाई गरेकी हुन् । सन् १९८८ मा मातापिता अलग्गिएपछि करिश्माले आफ्नो परिवारलाई आर्थिक रुपमा सहयोग गर्नका लागि बलिउडमा पाइला चालिन् । करिश्माले सन् १९९१ मा रिलिज फिल्म ‘प्रेम कैदी’बाट ठूलो ब्रेक पाइन् । त्यसपछि उनले एकपछि अर्को हिट फिल्म दिइन् । स्कुल पूरा भएपछि उनले सोफिया कलेजमा भर्ना लिइन् । तर आफ्नो करियरका कारण उनले पढाई छोडिन् ।

कम उमेरमै अभिनेत्री कटरीना कैफका आमाबाबु अलग भएका थिए । उनको आमाले नै उनको सात भाई बहिनीको हेरचाह गरिन् । कटरीनाले हङकङ, चीन, जापान, फ्रान्स, बेल्जियम, लण्डनलगायतका स्थानमा आफ्नो जिन्दगी बिताइन् । पटक पटक सहर र देश बदलेकै कारण उनले स्कुलको शिक्षा राम्ररी पाउन सकिनन् । उनको आमाले घरमै ट्युटर्सको मद्दतले उनको सभै भाइबहिनीको पढाई पुरा गरिदिइन् । परिवारको आर्थिक सहायताका लागि उनले कम उमेरमै मोडलिङ शुरु गरिन् । त्यसपछि मात्र उनले बलिउडमा पाइला चालिन् ।

बलिउडकी लोकप्रिय अभिनेत्री काजोलले पनि आफ्नो स्कुले शिक्षा पुरा गर्न सकिनन् । उनको शुरुवाती पढाई पंचगनीको सेन्ट जोसेफ कन्वेन्ट स्कूलमा भएको थियो । स्कुलको दिनदेखि नै काजोललाई फिल्मको अफर थियो । त्यो समयमा उनी १६ वर्षकी थिइन् । उनले फिल्मका लागि सहमति पनि जनाइन् । उनले एक फिल्म पुरा गरेपछि पढाईलाई निरन्तरता दिने योजना बनाएकी थिइन् । तर उनको त्यो सपना पुरा हुन सकेन । किनकी फिल्ममा उनी यति व्यस्त भइन् कि आफ्नो रोकिएको पढाई पनि पुरा गर्न सकिनन् ।

फिल्म ‘इश्कजादे’बाट बलिउडमा पाइला चालेका अभिनेता अर्जुन कपूरलाई पनि पढाई प्रति दिलचस्पी थिएन । अर्जुन माध्यमिक शिक्षाको परीक्षामा फेल भएका थिए । त्यसपछि उनले पढाईलाई पूर्ण रुपमा अलबिदा गरे । पढाई छोडेपछि अर्जुनले सहायक निर्देशक र सहायक निर्माताका रुपमा काम शूरु गरे ।

बलिउडकी भाइजान सलमान खानले स्कुल शिक्षा पुरा गरेपछि सेन्ट जेभियर कलेजमा भर्ना गरे । तर अभिनयका कारण उनले पढाई छोडे । सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’मा सहायक भूमिकामा अभिनय गरेपछि उनले ‘मैने प्यार किया’मा प्रमुख भूमिकामा देखिए ।

फिल्म ‘थ्री इडियट्स’मा इन्जिनियर र ‘तारे जमीन पर’मा शिक्षकको भूमिकामा देखिउका अभिनेता आमिर खानले आफ्नो कलेजको पढाई बीचमै छोडे । उनले नरसी मोन्जी कलेजबाट आफ्ना १२ औं सम्मको पढाई पुरा गरेका थिए । उनका परिवार उनी इन्जिनियर बनोस् भन्ने चाहन्थे । तर उनले परिवारका विरुद्ध गएर थिएटर ग्रुप ज्वाइन गरे । उनको यो कदम बलिउडका लागि निकै फाइदाजनक रह्यो ।

बलिउडम फिल्ममा बाल कलाकारका रुपमा आफ्नो करियर शुरु गरेकी दिवंगत अभिनेत्री श्रीदेवीलाई पढाईमा कुनै रुची थिएन । उनले ७ वर्षको उमेरदेखि नै अभिनय शुरु गरेकी थिइन् । उनले स्कुल शिक्षा पुरा हुनु अघि नै फिल्ममा पाइला चालिसकेकी थिइन् ।

बलिउडका खेलाडी कुमार अक्षय कुमारले १० कक्षा पछि पढाईबाट अलग्गिए । उनले मुम्बईको खालसा कलेजमा उच्च शिक्षाका लागि भर्ना गरे पनि उनी मार्सल आर्टसको तालिम लिन हङकङ गए । उनले भारत फर्किएर मार्सल आर्ट ट्रेनरसँगै सेफको जागिर पनि खाए ।