नयाँ घर खोज्दै रिया चक्रवर्ती

मुम्बई(एजेन्सी) । गत वर्ष अर्थात तीन दिन अघि अभिनेत्री रिया चक्रवर्तीका पिता इन्द्रजीत मुम्बईको गल्लीमा घुमिरहेको अवस्थामा भेटिए । उनी घर खोजिरहेका थिए । अब यो काम रिया र उनका भाई शोविक गरिरहेका छन् । सोधपुछ, जेल र जमानतपछि पहिलोपटक दिदीभाइ एकसाथ देखिएका हुन् । रिया आफ्नो घरबाट निस्किएको देखिइन् र दुवैले मास्क लगाएका थिए ।

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामलामा रिया ठूलो आरोपी बनेकी छन् । यो मुद्धामा उनलाई लिएर भएको मिडिया कभरेजमाथि रियाको रिस अझै मरेको छैन । जब पापराजीले उनको फोटो लिनका लागि बोलाए, त्यो बेला रियाले रिसमा ‘अब मेरो पिछा नगर्नु’ भनेकी थिइन् । यति लामो समयपछि उनलाई सार्वजनिक रुपमा पुन देखिइयो । उनको सर्टमा ‘लभ इज पावर’ लेखिएको थियो ।

रियाको परिवार अहिले पनि सान्ताक्रुजको सोसाइटीमै छन् । त्यही सोसाइटी मानिसहरुले उनीहरुलाई घर खाली गर्नका लागि दबाब दिइरहेका छन् । नारकोटिक्स ब्यूरोको सोधपुछको समयमा रियाको फ्ल्याट बाहिर मिडियाको भीड लागेपछि केही व्यक्तिले त्यसको विरोधमा नाराबाजी पनि गरेका थिए । जेलबाट फर्किएपछि घर खाली गर्न उनीहरुलाई सोसाइटीले दबाब दिइरहेको छ ।