टपरीमा भातमा ध्रुव र एलिना

काठमाडौं । सेभेन ११ म्युजिक फ्याक्ट्रीले तयार गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘टपरीमा भात’ बोलको गीतमा ध्रुब बिस्को र एलिना चौहानको स्वर सुन्न सकिन्छ ।

गीतमा नवराज शर्माले शब्द लेखेका छन् भने अनिल जोशीले संगीत दिएका छन् । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, स्मारिका–समारिका ढकालको फिचर्ड छन् ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल सेटअप एण्ड आर्ट्सको करियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन तथा कलर ग्रेडिङ गरेका हुन् ।