कति निष्ठुरीमा वैदेशिक रोजगारीको असर

काठमाडौं । गीतकार राजकुमार फुयालको गीत ‘कति निष्ठुरी’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत छ ।

साया क्रियसनबाट सार्वजनिक गीतको भिडियोमा रोशनी कार्की, सन्दीप श्रेष्ठ र बाल कलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।

गीतमा नेपाली युवाहरु वैदेशिक रोजगारीमा हुँदा नेपाली समाजमा परेको असरलाई देखाइएको छ ।

भिडियोमा आवेश बज्राचार्यको छायांकन, माधव बेलबासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन रहेको छ ।