सत्यराजको यो जिन्दगीकोमा विकास र समीक्षा

काठमाडौं । गायक सत्यराज आचार्यको स्वरमा रहेको गीत ‘यो जिन्दगीको’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेलको संगीत छ ।

भिडियोमा विकास लामिछाने र समीक्षा पोखरेल फिचर्ड छन् । रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन गरेका छन् ।

गीतमा प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा बासु बरालको छायांकन, केशवराज भट्टको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन छ ।