अनिसको गीतमा पल र गीताको रोमान्स

काठमाडौं । गायक अनिस भण्डारीको नयाँ गीत ‘चरीले’ सार्वजनिक भएको छ । युवापुस्तामा रुचाइएका संगीतकार राजन तिमिल्सिनाद्वारा संगीतबद्ध गीतमा गायकसँगै पल शाह र गीता ढुंगानाले अभिनय गरेका छन् ।

लोक पप मेलोडी ‘चरीले’को भिडियोमा शान थापाको निर्देशन छ । राजीव समरले कोरियोग्राफी गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।