श्रीमतिलाई धोका दिँदा यस्ता भए सुवास

काठमाडौं । गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्ची हिँड्छन फूललाई’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा खेम रिजालको शब्द तथा कर्मा ग्याल्जेन बमजनको संगीत छ ।

अमेरिकामा छायांकन गरिएको भिडियोमा सुबास थापा, विनिता खड्का थापा, शेली, प्याट्रिक र क्रिष्टिनाको अभिनय छ ।

अमेरिकामा रहने एक नेपाली जोडीको कथालाई देखाइएको भिडियोमा सुवासकै निर्देशन छ । निर्देशक थापाका अनुसार श्रीमति छोडेर विदेशी महिलासँग सम्बन्ध राख्दा कसरी एक पुरुष घरबार विहिन हुन्छन् भन्ने कथा देखाउन खोजिएको छ ।

भिडियोमा तोरी राइसको छायांकन, पाटी क्यूरीको मेकअप र अराज केशवको सम्पादन छ ।