राखी भन्छिन्,‘मलाई कोरोना हुँदैन’

मुम्बई(एजेन्सी) । बलिउडमा राखी सावन्त एक यस्तो नाम हो, जो आफ्नो हरेक बोलीले विवादमा आइरहन्छिन् । पछिल्लो पटक अभिनेत्री कंगना रनावतको ट्वीटरमा प्रतिक्रिया दिएर चर्चामा आएकी राखी अहिले पुनः कोरोना सम्बन्धी भनाईले चर्चामा आएकी छन् ।

राखीले आफ्नो परिवारको कोहीलाई कोरोना नहुने दाबी गरेकी छन् । ‘हामीलाई लगाउने भ्याक्सिन तपाईंहरु अत्यावश्यक व्यक्तिलाई लगाइदिनुहोला’, उनले भनेकी छन् ।

उनले देशमा भएको खोप अभाव प्रति चिन्ता व्यक्त गर्दै आफ्नो हिस्साको खोप अरुलाई लगाइदिन भनेकी छन् । ‘मलाई कोरोना हुँदैन । मलाई कहिल्यै हुँदैन । किनकी मेरो शरीरमा मेरो यीशुको पवित्र घर छ । त्यसकारण म र मेरो परिवारलाई कोरोना हुँदैन’, उनले भनेकी छन् ।

राखीकी आमा क्यान्सरकी बिरामी हुन् । हालैमात्र अभिनेता सलमान खान र सोहेल खानले उनकी आमा जयाको उपचारका लागि आर्थिक सहयोग गरेका थिए ।