छिछोरे अभिनेत्री अभिलाषाको निधन

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘छिछोरे’सहित कैयौं फिल्ममा अभिनय गरेकी अभिनेत्री अभिलाषा पाटिलको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार निधन भएको हो ।

समाचारअनुसार अभिलाषा एक फिल्मको सुटिङका लागि बनारस गएकी थिइन् । त्यहाँबाट मुम्बई फर्किएपछि उनलाई कोरोना भाइरसको लक्षण देखिएको थियो ।

लक्षण देखिएपछि पीसीआर टेस्ट गराउदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देता का बायको’, ‘परवास’ र ‘तुझा माझा अरेन्ज मेरेज’ जस्ता फिल्ममा अभिनय गरेकी थिइन् ।

उनले ‘छिछोरे’का अलावा ‘बद्रीना की दुल्हनिया’, ‘गुड न्यूज’ र ‘मलाल’मा पनि अभिनय गरेकी थिइन् ।