प्राविधिक बचाउन स्वस्तिमाको अभियान

काठमाडौं । निषेधाज्ञाका कारण कामविहिन बनेका ३ सय भन्दा बढी प्राविधिकहरुका लागि अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छन् ।

नेपाल चलचित्र प्राविधिक संघसँग आबद्ध रहेका प्राविधिकहरुको अवस्था नाजुक बन्दै गएको संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि स्वस्तिमाले भिडियो सन्देशमार्फत सहयोगको अभियान सुरु गरेको घोषणा गरेकी हुन् ।

‘यतिबेला हामी असामान्य परिस्थितिसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भइरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु’, उनले भनेकी छन् ।

स्वस्तिमाले आफूले स्पट ब्वायहरु बढी समस्यामा परेको जनाउदै आफू प्राविधिकहरुसँग नजिक रहेकाले सबैले सानो सहयोग गर्दा पनि ठूलो सहयोग पुग्ने उनले बताएकी छन् ।

उनले प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने खुलाएकी छन् ।