दीप श्रेष्ठलाई दुई लाख सहयोग

काठमाडौं । कोभिड १९ को संक्रमणबाट मुक्त गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघले दुई लाख रुपैंयाँ सहयोग गर्ने भएको छ ।

संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्न लागेको हो । संघका अध्यक्ष पारस मुकारुङका अनुसार श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै संघले रकम प्रदान गर्न लागेको हो ।

गायक दीप दुई सातासम्म ह्याम्स अस्पतालमा उपचार गरेर केही दिनअघिमात्र डिस्चार्ज भएका थिए । उनी डिस्चार्ज हुँदा अस्पतालका नर्सले उनको गीत गाउदै बिदाई गरेका थिए ।

‘द भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका दीपको ‘म त दुरदेखि आएँ’, ‘हर रात सपनीमा’, ‘मेरो आँखामा’, ‘कति कमजोर रहेछ’ जस्ता गीत लोकप्रिय छन् ।