गदरः एक प्रेमकथाको सिक्वेल तयारी

मुम्बई(एजेन्सी) । निर्देशक अनिल शर्माले आफ्नो प्रख्यात फिल्म ‘गदरः एक प्रेमकथा’सँगै वर्ष २००१ मा नयाँ इतिहास बनाए । सनी देओल अभिनित जी स्टुडियोले निर्माण गरेको यो फिल्म आज पनि दर्शकका लागि उत्तिकै रुचीपूर्ण छ ।

यो फिल्म रिलिजको २० वर्ष पुरा भएको छ । यो फिल्म र आमिर खानको फिल्म ‘लगान’ एकैदिन रिलिज भएको थियो । दुवै फिल्मलाई दर्शकलै अत्याधिक रुचाए । ‘गदरः एक प्रेमकथा’मा सनीको अपोजिटमा अमिषा पटेल थिइन् ।

निर्देशक अनिलले फिल्मको सिक्वेल बनाउने जनाउ दिएका छन् । ‘म आज बिना कुनै बद्लाव फिल्म बनाउन सक्छु । यो एक ठूलो सफलता हुनेछ । यो एक यथार्थवादी फिल्म हो र युवा यसमा जोडिनेछन् । गदरमा रामायणको तत्व छ । महाकाव्यमा भगवान राम सीतालाई लिन लंका गए, हामीले फिल्ममा यस्तै कथा अनुसरण गरेका छौं । यहीकारण पनि यति लामो समयसम्म पनि कथाले हामी पहिचान बनाउछौं’, उनले भनेका छन् ।

उनले सही प्लट भेट्टाउना साथ नाटक र यथार्थवादको संयोजन गर्दै सिक्वेल बनाउने बताए । ‘फिल्ममा मेरो छोरा उत्कर्षले सनीको छोरा जीताको भूमिका निर्वाह गरेको थियो । अहिले ऊ ठूलो भइसकेको छ, त्यहीकारण पनि फिल्मको सिक्वेल आवश्यक छ’, उनले खुलाए ।