आलियासँग शाहरुखले मागे काम

मुम्बई(एजेन्सी) । अभिनेत्री आलिया भट्टले आफ्नो सानदार फिल्मी यात्राका बीच एक नयाँ सफलता पाएकी छन् । उनी अब निर्माताका रुपमा फिल्ममा डेब्यू गरेकी छन् । फिल्म ‘डार्लिंग्स’को सेटबाट उनले एक तस्वीर सामाजिक सञ्जालमा राख्दै पहिलो दिनको सुटिङबाट आफू उत्साहित र आशंकित रहेको उल्लेख गरेकी छन् ।

फिल्ममा अभिनेता शाहरुख खान पनि निर्माता छन् । आलिया शाहरुखसँग सह–निर्माता रुपमा फिल्ममा लगानी गरेकी छन् । शाहरुखले एक ट्वीटमार्फत आलियासँग आफ्ना लागि भूमिका मागेका छन् । आलियाले पनि यसको जवाफ निकै रमाइलो किसिमले दिएकी छन् ।

‘यो प्रोडक्सन पछि कृपया तपाईंको आगामी होम प्रोडक्सनमा मलाई अनुबन्धित गराउनु । म सुटिङका लागि समयमा नै आउछु र निकै व्यावसायिक हुनेछु । यो प्रतिज्ञा’, शाहरुखले ट्वीटेका छन् ।

आलियाले त्यसको प्रतिउत्तर दिँदै ‘म यो भन्दा बढी माग्न सक्दिन थिएँ । सहमत । तपाईंलाई अनुबन्ध गरें । मलाई मनपर्ने मान्छेलाई धेरै माया’ लेखेकी छन् ।