रिभेन्जको नशालु यो रात

काठमाडौं । डिएस डिजिटल सिनेमाको व्यानरमा निमार्ण भएको फिल्म ‘रिभेन्ज’को गीत ‘नशालु यो रात’ सार्वजनिक भएको छ । दीपक घिमिरे र दिलु श्रेष्ठको स्वर रहेको गीतमा राजु लामाको संगीत तथा इन्द्रकुमार श्रेष्ठ ‘सरित’ शब्द छ ।

मोहन गमालको प्रस्तुती अमनकुमार देव र पुस्पराज नेपालको निर्माण तथा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन रहेको फिल्मको गीतमा जवानीको आवेग कसरी पोखिन्छ भन्ने कुरा देखाइएको छ ।

रविन श्री र माया चाहर फिचर्ड गीतमा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, विश्वास भण्डारीको सम्पादन छ ।

फिल्ममा रविन श्री, पुष्पराज नेपाल, खगेन्द्र घिमिरे, रोशन बिसि, विशाल अग्रवाल, पदम सुनार, रेनु थापा, गंगा कुँवर, अम्बिका खड्काको अभिनय छ ।

फिल्ममा राजेन्द्र बजगाइँको पाश्र्व संगीत, सिएल शर्मा, पुर्ण सापकोटा, शंकर अधिकारी ‘घायल’, सन्तोष प्रगाढको संगीत र शंकर अधिकारी ‘घायल’, सुभाष गौतम, हरि मानन्धर ‘विवश’ को गीत रहेको छ ।