तिज आयो बरी लैमा आरोही

काठमाडौं । गायिका शरदकुमारी श्रेष्ठको स्वरमा रहेको मौलिक तिज गीत ‘तिज आयो बरी लै माइती’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शरदकुमारीको शब्द र लय तथा विषन मानन्धरको एरेञ्ज छ ।

गीतमा नेपाली नारीहरुले भोगेको पीडा र मर्म तथा विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको वेदनालाई समेटिएको छ ।

विजय कुमार भुर्तेलको छायांकन तथा सम्पादन र राजेन्द्र बिसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा आरोही चौलागाई फिचर्ड छिन् ।