सरकार माग्दै शिशिर योगी

काठमाडौं । समसामयिक नेपालको राजनीतिक परिस्थितिअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिशिर योगीको स्वर र संगीत, सतिष चापागाईंको शब्द, बीबी अनुरागीको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ छ ।

सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवाली निर्देशित भिडियोमा सुरवीर पण्डित, रश्मी भट्टराई र जिबी चिरनको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन, संकल्प भुजेल र अशोक थापाको छायांकन छ ।

काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ । निर्देशक ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’लगायत झण्डैं १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।