मारुनी भाकामा दुई दिने चोला

काठमाडौं । गायिका मेलिना राई र गायक कुशल थलङको स्वरमा रहेको ‘दुई दिने चोला’ बोलको गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

सुमन नेम्बाङ लिम्बूको शब्द, डिआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको उक्त भिडियोमा विमला खजुम, मौसम लिम्बू इम्बुङ (फुलेन्देको बाउ), सोनु थोक्लुङ, कुशल थलङ, करिश्मा क्षेत्री, कृष्टि मिभक, निश्चल कुलुङलगायतको अभिनय रहेको छ ।

भिडियोमा अनिल रानाको सम्पादन, दिनेश माङ्मुको निर्देशन र कोरियोग्राफी रहेको छ भने सहायक निर्देशनमा विष्णु मोक्तान, क्यामेरामा शीरकुमार राई र महेश सिग्देलको श्रृङ्गार रहेको छ ।

लिम्दुनी क्रिएसन डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त म्युजिक भिडियो कुसल थलङ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।