पछि पछि लागेरमा डेढ करोड भ्युज

काठमाडौ । गायक, गायिका पदम राई र मेलिना राईको स्वर रहेको ‘पछि पछि लागेर’ बोलको गीत सार्वजनिक भएको छोटो समयमै करोड क्लबमा प्रवेश गरेको छ । यो भिडियोलाई हालसम्म डेढ करोड पटक हेरिएको छ ।

यो गीतको सफलतासँगै केन्द्र मोशन पिक्चर्सले गायक पदमको पछिल्लोे गीत ‘के गुलियो छ र शखर चिनी’ लाई आफ्नै लगानीमा भिडियो निर्माण गरी सार्वनजिक गरेको थियो । ‘के गुलियो छ र शखर चिनी’ ले पनि सफलताको शिखर चुम्दैछ ।

गीतलाई सामाजिक सञ्जाल टिकटकमा अत्यधिक प्रयोगकर्ताले भिडियो बनाएका थिए । ‘पछि पछि लागेर’ को भिडियोमा पुष्प खड्का, वर्षा राउत लगायतका कलाकारको अभिनय छ भने भिडियोलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।