चञ्चलीमा आनन्द र कुसुम

काठमाडौं । पहिलो ‘नेपाल आइडल’ विजेता गायक बुद्ध लामाको नयाँ गीत ‘चञ्चली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अविनाश राइको शब्द, संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा मोडल आनन्द सिंह र कुसुम गुरुङ फिचर्ड छन् ।

अनुप चापागाई निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन छ । भिडियो नेप्लिज एक्सट्रिम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।