यो मेरो दिलको दिलमा तिमी

काठमाडौं । फिल्म ‘यो मेरो दिल’को पहिलो गीत ‘दिलमा तिमी’ सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन र प्रस्तुति रहेको फिल्मको गीत सार्वजनिक भएको हो । गीतमा प्रल्हाद तिम्सिना र नित्या शिवाको स्वर छ ।

राहुल जेटली र प्रीतिका शर्मा फिचर्ड गीत नुवाकोटको रमणिय दृश्यहरुमा छायांकन गरिएको छ ।

बिबन तामाङ र दसबहादुर तामाङको निर्माण, सुर्यबहादुर तामाङको सहनिर्माणमा दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य, विश्वास भण्डारीको सम्पादन र सन्तोष पराजुलीको प्रकाश व्यवस्थापन छ ।