धुम ४ को पख ओई काली

काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर कार्तिक १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘धुम ४’को गीत ‘पख ओई काली’ सार्वजनिक भएको छ । मेलिना राई र राकेश राईको स्वर रहेको गीतमा सुजन कट्वालको शब्द र याम गुरुङको संगीत छ ।

गीतमा अभिनेता जयकिशन बस्नेत, सञ्जोग राणा, जाहान्वी बस्नेत, अनुश्रुत खड्का, बन्दना नेपाल, रोशन श्रेष्ठ, एलिसा खड्का, एनी बिस्ट, एलिशा सुनार, दिप्ती लामिछानेलगायत फिचर्ड छन् । गीतको भिडियोमा प्रज्जवल रावलको छायांकन, कमल राईको नृत्य तथा सुवास देवकोटाको सम्पादन रहेको छ ।

जय किशन बस्नेत फिल्मसको व्यानरमा जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रविकुमार महर्जन हुन् । फिल्ममा उरुषा पाण्डे, शोभित बस्नेत, एनबि महर्जन, विशाल गुप्ता, चन्दन अर्गेजा, केशव शाही, मदन ताम्राकार, शंकर महर्जन, देव महर्जन, विकाश पुजारी, शुशीला चौलागाई, प्रेमिका शर्मालगायत कलाकारहरुको समेत अभिनय छ ।

फिल्मको लेखन तथा निर्देशन जयकिशन आफैंले गरेका हुन् ।