मेरे इश दिलपेमा रोमान्टिक आर्यन

काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’को भिडियो सार्वजनिक भएको छ । केशव भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको स्वर रहेको गीतमा सुधा महरठ्ठाको शब्द तथा महेश ज्ञवालीको संगीत छ ।

भिडियोमा गायिका रिशितासँग आर्यनले रोमान्स गरेका छन् । सशान कँडेलको निर्देशनमा तयार भएको भिडियोमा भारतीय केटी र आवारा नेपाली केटाको प्रेमकथा देखाइएको छ ।

विकास दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको भिडियोमा देव केसी, मोहितोश रोय, अमन लोप्चन विशेष भूमिकामा छन् । भिडियो टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।