छड्के नजरमा विश्व नेपाली

काठमाडौं । गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘छड्के नजर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन् ।

गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा राजीव समरको कोरियोग्राफी छ । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

एल्बम सुनौलो तारामा रहेको छड्के नजर गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।