फागुन २७ मा सम्हालिन्छ कहिले मन

काठमाडौं । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ यसै वर्षको फागुन २७ बाट प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा निर्देशित फिल्मले रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेसँगै प्रदर्शन मिति फाइनल भएको हो ।

सांगीतिक प्रेमकथाको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिकामा अभिनय रहेको छ । अघिल्लोपटक कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भएको थियो ।

कभर गायक सोनम तोप्देनले यही फिल्मबाट अभिनयमा डेव्यु गर्दैछन् । उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रुचाइएका गायक हुन् । फिल्ममा अमित बस्नेत, परी राना र अजितकुमार थापा हुन् ।